
काठमाडौं – पेशागत सुरक्षाको माग राख्दै काठमाडौँका पत्रकारहरुले सुरु गरेको आन्दोलनमा प्रेस युनियन कैलालीले ऐक्यवद्धता जनाएको छ।
आन्दोलनमा ऐक्यवद्धता जनाउन प्रेस युनियन कैलालीको टोली काठमाडौँको नयाबानेश्वरस्थित सडकमै जारी रहेको पत्रकारको रिले अनसनस्थलमा पुगेको थियो।
प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको नेतृत्वको टोलीले अनसनरत पत्रकारलाई भेटेर आन्दोलनमा ऐक्यवद्धता जनाएको हो।
अध्यक्ष देउवाले लोकतन्त्र स्थापनाका लागि लडेका पत्रकारहरु पेशागत सुरक्षाका लागि अनसन बस्नुपर्ने बाध्यता अझै कायम रहनु दुःखद पक्ष रहेको बताए ।
हाल विभिन्न सञ्चार माध्यमहरुले कोरोना महामारीको कारण देखाउँदै पत्रकारहरुलाई जागिरबाट निकाल्ने, पारिश्रमिक नदिने, बेतलबी बिदा बस्न बाध्य पार्ने गरेर दुःख दिइरहेका छन् । तर लामो समयसम्म काम गरेर संस्थालाई बलियो बनाउने पत्रकारहरुलाई अप्ठ्यारोमा साथ नदिने सञ्चार माध्यमको रबैयाविरुद्ध पत्रकारहरु रिले अनसनमा छन्।
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...