२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

मोटरसाइकल दुर्घटनामा डोटीका दुई जना घाईते : एकको अवस्था गम्भिर

डोटी- डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा डोटीका दुईजना घाइते भएका छन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका–५ का मोटरसाइकल चालक ३२ वर्षीय शंकर भुल र मोटरसाइकलमा सवार उनकी आमा ५५ वर्षीया जुनकिरी भुल घाइते भएकी हुन । घाइते मध्ये शंकरको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार अपरान्ह गन्याधुरा गाउँपालिका– २ स्थित गजरौँलामा सु.प्र.प्र. ०१००८ नम्बरको मोटरसाइकल डोटीबाट डडेल्धुरातर्फ आइरहेका बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । मोटरसाइकल भीरबाट तल खसेको बताइएको छ ।

प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल लगेकोे डिएसपी नेपालले जानकारी दिए ।

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०७७ आश्विन १९

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP