२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday
कोभिड - १९ अपडेट

आज २४४० जनामा कोरोना संक्रमण पुष्टि : १९ जना संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

याँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।

 देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युमा यो संख्या अहिलेसम्मकै धेरै हो। 

काठमाडौंमा मात्रै आज ९ जना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।

चालू महिना (असोज) मा दैनिक सरदर ८ जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 

हिजो आइतबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन १९

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP