
बझाङः बझाङ प्रहरीले सम्झना कामीको हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
असोज ८ गते जिल्लाको मष्टा गाउँपालिका– २ खिकालाकी १२ वर्षीया सम्झना कामीको हत्या भएको थियो । गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो ।
साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको थियो । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।
एक साता देखि अस्पतालमै रहेको सम्झनाको शव बुधबार आफन्तले बुझ्ने भएका छन् । मंगलबार अबेर सम्म पीडित पक्ष र प्रशासनबीचको छलफलपछि क्षतिपूर्तिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र घटनाका दोषीलाई कडा कारबाही गर्नेे सहमति भएको छ ।
सहमतिपछि शव बुझ्न आफन्त सहमत भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । उनका अनुसार मंगलबार भएको सहमतिपछि पीडित पक्षले भोली (बुधबार) शव बुझ्ने छन् । बालिकाको हत्या भएको सातौँ दिन मंगलबार पीडित पक्ष शव बुझ्न राजी भएका हुन् ।
बालिकाको हत्यामा संलग्न आरोपी बोहरालाई प्रहरीले सार्वजनिक गरेसँगै सम्झनाका आफन्तले भोली नै दाहसंस्कार गर्ने र आवश्यक कारवाहीका लागि माग गर्ने जनाएकाछन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...