२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सुदूरपश्चिमका थप २९ जनामा कोरोना संक्रमण पुष्टि

डोटी- मंगलबार कैलालीका २० सहित सुदूरपश्चिमका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २८ र डडेल्धुरा अस्पतालको प्रायोगशालामा १ जना गरी मंगलबार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको २ सय ६१ जनाको स्वाव परिक्षणमा धनगढी उप–महानगरपालिकाका १३, लम्किचुहा नगरपालिकाका ३, मोहन्याल जानकी गाउँपालिकाका १÷१ जना तथा गोदावरीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

मंगलबार नै कञ्चनपुरको पुनर्वास नगरपालिकाका २, वेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका १÷१ र डोटीको केआई सिंह गाउँपालिकाका १ जना तथा ठेगाना नखुलेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

मंगलबार नै डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ७२ जनाको स्वाव परिक्षणमा अजय मेरु गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका ल्याव इन्चार्ज जिनी गणेजुले बताए ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन १३

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP