
डोटी- ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा डोटीका दुई जना घाइते भएका छन् ।
भीमदत्त राजमार्ग अन्तरगत रुबसकाँडामा भएको उक्त दुर्घतनामा मोटरसाइकलमा सवार केआईसिँह गाउँपालिका २ का ४३ वर्षीय चन्द्र माझी र सोही ठाउँका ५६ वर्षीय लालबहादुर बोगटी घाइते भएका हुन् ।
मंगलबार दिउँसो डोटीतर्फ आइरहेको सुपप्र ०१००८ प ८११२ नम्बरको मोटरसाइकल र अत्तरियातर्फ गइरहेका ना ४ ख ६२१४ नम्बरको ट्रक एकआपसमा ठोक्किदा दुर्घटना भएको अस्थाइ ट्राफिक पोष्ट बुडरका प्रहरी सहायक निरीक्षक राजेन्द्र बहादुर विष्टले जानकारी दिए ।
दुर्घटनामा घाइते दुबै जनालाई उपचारका लागि धनगढी पठाइएको उनले बताए । दुर्घटना सम्बन्धी अनुसन्धानका लागि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक पोष्ट बुडरले जनाएको छ ।

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...