२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

नवदुर्गा सामुदायिक वनको अध्यक्षमा बम

बोगटान । नवदुर्गा सामुदायिक वन उपभोक्ता समितीका उपभोक्तहरूको भेलाले नयाँ कार्यसमिती चयन गरेको छ ।

सोमबार बोगटान फुडसिल गाउँपालिका वार्ड नम्बर २, मल्लो चाल्समा रहेको नवदुर्गा सामुदायिक वन उपभोक्ता समिती अन्तर्गतका उपभोक्ताहरूको भेलाले गजबहादुर बमलाई सर्बसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । जसमा क्रमस उपाध्यक्ष, सचीव, कोशाध्यक्षमा जमान सिंह बम, पूर्ण बहादुर बम, दिपा उपाध्याय जोशी, र सदस्यमा क्रमशः फणीन्द्र साउद,कोकिला जोशी, निर्मला नेपाली, नवल सिंह बम रहेकाछन् । वाकि एक जना सदस्य पछि मनोनीत गरिनेछ ।

अध्यक्षमा निर्वाचित भएसंगै गजबहादुर बमले लामो समयदेखी निवर्तमान अध्यक्ष टेक बहादुर बमले राजीनामा दिएपछि निष्क्रिय रहेको वनलाई सक्रिय रूपमा लागेर वनको उन्नतिमा अग्रसर भइ लाग्ने प्रतिबद्धता ब्यत्त गरेका छन् । निवर्तमान अध्यक्ष टेकबहादुर बमले आफ्नो ब्याक्तीगत समस्याका कारण यस अघि नै राजिनामा दिएका थिए ।

निवर्तमान अध्यक्ष बमले आफसी मन मुटाव छोडेर सबै दाजुभाइ र समितिलाई वनको संरक्षण लाग्न नव निर्वाचित समितिलाई शुभकामना दिएका छन् ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन ६

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP