२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

आजबाट पाँच दिन भारी वर्षा हुने : सतर्कता अपनाउन माैसमविद्काे आग्रह

काठमाण्डौं- जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार  केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुनेछ।

‘आज रातिदेखि व्यापक वर्षा सुरु हुनेछ। तर, प्रदेश १ र २ मा हावाहुरी आजै दिउँसो आउने सम्भावना छ। रातिदेखि भने ठूलो वर्षाका साथ हावाहुरी चल्ने सम्भावना छ,’ उनले भनिन्।

उनका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने अनुमान गरिएको हो।

आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन उनले अनुरोध गरिन्।

असोज ५ गते सोमबार

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ का केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

असोज ६ गते मंगलबार

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीकाे सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १-२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

असोज ७ गते बुधबार

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

Related News

अछाममा भीम रावल पराजित,  २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
अछाममा भीम रावल पराजित, २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
  • २०७७ आश्विन ५

अछाम- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्वर १...

TOP