२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

धनगढी उप–महानगरद्धारा भिडभाड नगर्न अनुरोध

धनगढी उप–महानगरपालिकाले कोराना भाईरसको पूर्व सतर्कता अन्तरगत नगरक्षेत्रमा २५ जना भन्दा बढी ब्यक्ति भेला भएर गरिने कुनैपनि कार्य नगर्न अनुरोध गरेको छ ।

संघीय सरकारले गरेको गरेको निर्णयलाई आत्मसाथ गर्दै धनगढी उप–महानगरपालिकाले निर्णयलाई कार्यान्वयनमा सहयोग गर्ने भएको हो धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले , धनगढीमा संचालनमा रहेका टिउसन सेन्टर, सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लबलाई संचालनमा रोक लगाउने बताए ।
त्यसैगरी हुन बिश्वमा फैलिएको कोराना भाईरसका कारण धनगढीको त्रिनगर कृषि उपज हाटबजारलाई हाटबजार ब्यबस्थापन समितिले चैत्र ९ गते आईतवारका दिन देखि हाटबजार बन्द गर्ने बताईएको छ । त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानी सिह चैसिरले स्थानीय किसानहरुको उत्पादन बिक्रीवितरणका लागि वडातहमै सानो सानो समुहमा बिक्रीवितरण गर्ने ब्यबस्था कुरो उप–महानगरपालिका संग भएको बताए । उनले भने, किसानलाई समस्या हुने भएकाले २५ जना भन्दा सानो समुहमा वडामै विक्रीवितरणका लागि वडा कार्यालयले आवश्यक परेमा ठाउँ उपलब्ध गराउने छ ।

केन्द्र सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिलसम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय बुधबार गरेको हो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र ७

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP