२०७७ मंसिर १९, शुक्रबार
December 4, 2020, Friday

घर आँगनमा सरकार पुगेको अनुभूति दिलाउने प्रयासमा छौंः मुख्यमन्त्री भट्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै प्रकारका कानूनलाई संविधानको भावना र मर्म अनुकूल बनाएर प्रदेशवासीको घरआँगनमा सरकार पुगेको अनुभूति दिलाउन प्रदेश सरकार लागिपरेको बताएका छन्। 

संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड—१९ को विषम परिस्थितिमा मनाउन लागिएको यस वर्षको संविधान दिवसले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित एंव समृद्धिमा एकजुट भई लागि पर्न हामी सबैलाई सुखद अनुभूति भएको बताए।

स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना दिँदै उनले सन्देशमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन सहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

Related News

केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
  • २०७७ आश्विन ३

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तिखो टिप्पणी गरेका छन् । ओली लोकतन्त्रका लागि नभई...

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
  • २०७७ आश्विन ३

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास भएको छ । झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीलाई आज दिउँसो चारआली चोक नजिक गाडीभित्रै...

गरिखान देउ भन्दै सडकमा व्यवसायी
गरिखान देउ भन्दै सडकमा व्यवसायी
  • २०७७ आश्विन ३

काठमाडौं– रात्रिकालीन व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायी गरिखान देउ भन्दै सडकमा सडकमा उत्रिएका छन् । कोभिड–१९ को जोखिमका कारण...

TOP