काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकारलाई भ्रष्टाचारबाहेक कुनै चिन्ता नभएको आरोप लगाएका छन् ।
कांग्रेसको कोरोना अनुगमन समितिले शुक्रबार आयोजना गरेको सुदूरपश्चित प्रदेशस्तरीय ‘कोरोना संक्तमणको सन्दर्भ : सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयक ‘भर्चुअल’ अन्तरक्रियामा उनले यस्तो आरोप लगाएका हुन् ।
सरकारले कोरोना संक्रमण रोकथामका लागि पहल नगरेको दाबी गर्दै सभापति देउवाले भने, “सरकारलाई भ्रष्टाचार गर्नेबाहेक चिन्ता छैन । न कोभिड अस्पताल बनाएको छ, न संक्रमितका लागि इन्स्योरेन्स गरेको छ । संक्रमितका बालबालिकालाई हेरेको छैन ।”
सभापति देउवाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका नाममा लकडाउन, निषेधाज्ञा गरेर सरकारले जनता भोकभोकै मर्न बाध्य बनाएको पनि आरोप लगाए । सरकारले लकडाउन, निषेधाज्ञा अवधिमा जनताका लागि राहतका कार्यक्रम नल्याएकै कारण सुदूरपश्चिमका जनता परिवार पाल्न भारत जान बाध्य भएका पनि बताए ।
“भोकभोकै मर्नुभन्दा रोगबाट मरौंला भनेर सुदूरपश्चिमका दाजुभाइ जहाँ सबैभन्दा बढी कोरोना संक्रमित छन् त्यहाँ जान बाध्य भएका छन्,” सभापति देउवाले भने ।
उनले कांग्रेसले जितेका स्थानीस्य तहमा सरकारले बदमास कर्मचारी पठाएर दुःख दिइरहेकोसमेत आरोप लगाए । सभापति देउवाले सरकारको निर्देशनमा कांग्रेसका जनप्रतिनिधिलाई दुःख दिने कर्मचारीलाई कांग्रेस सत्तामा आएपछि कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले सरकारको आडमा जनताको हितविपरितका काममा संलग्न भएर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई दुःख दिने कर्मचारीको सूची तयार गरेर राख्न पनि निर्देशन दिए ।
बझाङ – बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका...