
काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डा. गोविन्द केसीका जायज माग सम्बोधन गर्दै जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।
डा. केसी अनशन बसेको पाँच दिन भइसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको चिकित्सक संघले जनाएको छ ।
संघका महासचिव डा. बद्री रिजालले आज जारी गरेको विज्ञप्ति डा. केसीका माग वार्तामार्फत् सम्बोधन गर्न भनिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायेज मागहरुको स्म्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’
नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका प्रा.डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औं अनशनमा छन् । डा. केसीको स्वास्थ्य जटिल हुँदै गएको उनी निकट चिकित्सकहरु बताउँछन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...