२०८३ आश्विन २५, आईतवार
October 11, 2026, Sunday

कैलालीको बुलबुले वनमा महिलाको शव फेला

धनगढी: कैलालीमा एक महिलाको शव फेला परेको छ। बिहिबार जिल्लाको घोडाघोडी नगरपालिका– १० अन्तरगत बुलबुले वनमा ती महिलाको शव बेवारिसे अवस्थामा फेला परेको थियो। 

किरा परेको अवस्थामा फेला परेको शवको पहिचान भइसकेकोे ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए। उक्त शव घोडाघोडी नगरपालिकाकै वडा नम्बर ९ की पदमा बटाला रोकायाको भएको डिएसपी बोहराले बताए।

शवको सनाखत गरी पोष्टमार्टमका लागि धनगढी पठाइएको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इप्रका सुख्खडले जनाएको छ। 

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७७ आश्विन २

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP