
कैलाली- कैलालीमा एक सञ्चारकर्मी मृत अवस्थामा फेला परेकी छिन् । रेडियो कैलाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत अवस्थामा फेला परेकी हुन् ।
भाद्र ३१ गतेबाट सम्पर्क विहीन भएकी पहराइको शव घोडाघोडी नगरपालिका ५को जङ्गलमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भईरहेको जानकारी दिए ।
घरबाट ३१ गते सुख्खड जान्छु भनि हिडेकी उनी त्यसयता सम्पर्क बिहिन थिईन्।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...