२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

नाइ श्रमिक सडकमा : प्रहरीको हस्तक्षेप

काठमाडौँ – राहत तथा स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरी आन्दोलनमा उत्रिएका नाइहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउन तथा निषेधाज्ञाका कारण काम बन्द हुँदा आफूहरुको रोजीरोटी नै खोसिएको भन्दै उनीहरु आन्दाेलित भएका हुन् ।

नाइ संघको अगुवाई माइतीघरमा प्रदर्शनमा उत्रिएका नाइ श्रमिकहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । पानीको फोहोरा प्रहार गरी प्रहरीले नाइ श्रमिकलाई तितरवितर पारेको हो ।

नाइ श्रमिक संयुक्त संघर्ष समितिका अध्यक्ष बब्लु ठाकुरले आफूहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा पनि ज्यादती गरिएको भन्दै विरोध गरे ।

उनले भने, ‘खड्गप्रसाद ओलीको दादागिरी हामीमाथि चल्यो । हामीले शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरी लगाएर लखेटियो । हामीले कार्यक्रम गर्न पाउनु पर्छ र कुनै न कुनै स्थानमा गर्छौँ ।’

नाइहरुसँगै माइतीघरमा बुधबार कीर्तिपुरमा घरबेटीको आक्रमणका कारण ज्यान गुमाएका शम्भु ठाकुरको न्यायको पक्षमा पनि धर्ना हुँदै थियो । सो धर्नाका लागि गएकाहरुलाई पनि प्रहरीले प्रदर्शन तथा धर्ना गर्न नपाइने भनि लखेटेको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ भाद्र ३१

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP