२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

कुलमानको पक्षमा सडकमा जुलुस : प्रहरीको हस्तक्षेप

काठमाडौं- कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नु पर्ने माग गर्दै काठमाडौंका सडकमा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।

काठमाडौंको नयाँ बसपार्कस्थित माछापोखरीमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् ।

सडकमा उत्रिएर प्रदर्शन गरेका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई फालेर अन्य ब्यक्ति नियुक्त गर्न लागिएको भन्दै आक्रोश पोखेका छन् ।

उनीहरुले हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका सर्वसाधारणमाथि प्रहरी हस्तक्षेप भएको छ।

काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरूमाथि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर भीड तितरबितर पारेको छ। घिसिङको चार वर्षे कार्यकाल सकिएपछि उनी भदौ २९ गते अवकाश भएका छन्।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ भाद्र ३१

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP