२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

पत्रकारमाथि हातपात गर्ने दुई जना पक्राउ : अन्यको खोजीकार्य जारी

धनगढी- धनगढीस्थित दिनेश सञ्चार गृहमा प्रवेस गरी पत्रकारमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् ।

कैलालीको हसुलियाबाट आक्रमणमा संलग्न चक्र रावललाई आज बिहान पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । यसअघि मङ्गलवार धनगढीका सरोज थापालाई पक्राउ गरिएको थियो ।

गत शुक्रवार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५–२० जनाको समूहले साङ्घातिक आक्रमण गरेको थियो । सह–सम्पादक जनक विष्टमाथि कुटपिट भएको थियो भने प्रबन्धक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात भएको थियो ।

आक्रमणमा संलग्न अन्यको खोजी भईरहेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ भाद्र ३१

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP