२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

१० जना मन्त्री फेरौँः प्रचण्ड, रिक्त मन्त्रालयमा ५ जना मात्र पठाऔँः ओली

सागर न्यौपाने

काठमाडौं– सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब मन्त्रिमण्डल पुनर्गठनका लागि छलफल सुरु हुने बताएका छन्।

सोमबार खुमलटारमा भेला भएका आफूनिकट नेताहरुसँग प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल सुरु गरिने बताएका हुन्।

‘हिजोसम्म आन्तरिक सर्कुलर तयार गर्न लागेका थियौं, अब मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीसँग छलफल हुन्छ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘मैले सबैलाई अवसर दिनेगरी मन्त्री परिवर्तन गर्नुपर्छ भनेको छु।’

नेकपाका महासचिव विष्णु पौडेलले पनि मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु नै नभएको बताए।

‘प्रधानमन्त्रीले कस्तो मन्त्रिपरिषद बनाउने भन्नेबारे एउटा सोच बनाउनु भएको हुन सक्छ तर, त्यसबारे हामीसँग छलफल चाहिँ भएको छैन’,

महासचिव पौडेलले भने, ‘दुई वर्ष पुगेका मन्त्रीहरू हटाउने वा को को राख्ने भन्दा पनि कार्य क्षमताका आधारमा के गर्ने भन्ने मुल्याङ्कन हुन्छ होला।’
कम्तीमा १० मन्त्री फेर्ने आफ्नो चाहना रहेको प्रचण्डले बताएका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने पदासीन मन्त्री नहटाउने बरु रिक्त रहेका तीन र मन्त्रालय फुटाएर दुई गरी पाँच मन्त्री मात्र नियुक्त गर्ने चाहना राखेको उच्च स्रोतहरूले जनाएका छन्।

पुरा समाचार पढ्नुहोस्

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ भाद्र ३०

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP