२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

आज ११ सय ७० जनामा कोरोना पुष्टि : १५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ५५ हजार ३२९ पुगेको छ।

आज सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ८१८ जना छन् भने होम आइसोलेसनमा ७ हजार २७५ जना रहेका छन्।

नेपालमा आज १० हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ। जम्मा ८ लाख ५१ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ। योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ६ हजार ८९२ जना बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युमा यो अहिलेसम्मकै धेरै संख्या हो।

याेसँगै मृतककाे संख्या ३६० पुगेकाे छ।

हिजाे देशभर ९ जना र अस्ति शनिबार १४ जना संक्रमितको मृत्यु भएको थियो

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ भाद्र २९

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP