२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

धनगढीमा पत्रकारमाथि अक्रमण गर्नेलाई कारवाहीको माग गर्दै महासंघ आन्दोलित

धनगढी: दिनेश संञ्चार गृहका पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलालीले प्रदर्शन गरेको छ। पीडित पक्षले कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएको २ दिन हुनलाग्दा समेत प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन। 

आन्दोलित पत्रकारहले धनगढीको पार्कमोडबाट जिल्ला प्रशासनसम्म र्‍यालीको आयोजना गरेका छन्। यसअघि शनिबार नै पत्रकार महासंघले घटना भएको दुई दिनसम्म अपराधी समात्न नसकेको भन्दै आजसम्म अपराधीलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो। त्यसैअनुरुप सडकबाट आन्दोलनको थालनी गरेको महासंघले जनाएको छ।

शुक्रबार दिनेश संञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समुहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए। समाचारको विषयलाई लिएर उनहरुले व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार गरेका थिए। 

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ भाद्र २८

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP