रोल्पा- रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडाध्यक्ष मति पुनले जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम पठाइँदै छ ।
पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुलिचाैर अस्पताल पठाइएको डिएसपी सुवेदीले जानकारी दिए ।
ज्ञानसिंहका जेठा छोरा यमराज आफन्तको घरमा पाहुना गएका थिए । ज्ञानसिंह भने रोजगारीको सिलसिलामा ८ वर्ष पहिले भारत गएपनि परिवारका सदस्यहरुसँग सम्पर्कमा नरहेको वडाध्यक्ष मति पुनले जानकारी दिए ।
गत वर्ष रोल्पाको थवाङ गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...
डोटी, ७ फागुन जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन्...