२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

बडीकेदार गाउँपालिकामा बन्दाबन्दी खुकुलो पारियो

डोटी- बडीकेदार गाउँपालिकाले बन्दाबन्दी खुकुलो पारेको छ । गाउँपालिकाले यस अघि भाद्र २० गते देखी गाउँपालिकामा लकडाउन गरेको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र शाहीद्वारा हस्ताक्षर गरिएको एक सूचनामा बन्दाबन्दी खुकुलो पारिएको उल्लेख छ ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै भिडभाड, मेला पर्व, नगर्न भनिएको छ । सार्वजनिक स्थल, पसल र कार्यालयमा सामाजिक दुरी कायम गर्नु पर्ने, घरबाहिर निस्किदा अनिबार्य मास्कको प्रयोग गर्नु पर्ने जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा कायम नै रहने गरी गाउँपालिकाले जारी गरेको बन्दाबन्दी खुकुलो पारीएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले शिखर समाचारलाई जानकारी दिए ।

यस अघि एक गाउँबाट अर्को गाउँ जान र गाउँपालिकामा आवतजावत गर्न समेत निशेध गरिएको थियो ।

डोटीको बडीकेदार गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ भाद्र २६

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP