चक्र बलायर, डोटी –
डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको पूर्वीचौकि गाउँपालिका- १ श्रीमामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।
धनगढीबाट अछामका लागि हिँडेको से १ ज १०६६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटनामा परेको डोटी प्रहरीले जनाएको छ ।
घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्ले जानकारी दिए । उनका अनुसार घुम्ति सडकको कारण जीप दुर्घटनाको अनुमान गरिएको छ ।
घाइते हुनेहरूमा अछामको मेल्लेख गाउँपालिकाका दानी टमटा, रूपबहादुर खड्का, राजेन्द्र बम, धनबहादुर शाह, नरबहादुर रावल, कमला खड्का, दानसिँह टमटा, सपना टमटा, मनसारा टमटा, संकर टमटा, पारस टमटा रहेको डीएसपी मल्लले जानकारी दिए।
घाइतेमध्ये दानसिंह टमटाको अवस्था गम्भीर रहेको छ । जीपमा १४ जना सवार रहेको बुझिएको छ । चालक सम्पर्कमा नआएको कारण उनलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।
दिपायल- महेन्द्रनगरबाट डडेल्धुरा आउँदै गरेका एक कर्मचारी कैलालीमा लुटिएका छन्...