डोटी- केआईसिंह गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष हर्क विष्टले विपन्न परिवारका सदस्यलाई खाद्यान्न वितरण गरेका छन् । केआईसिंह गाउँपालिका वडा नं. १ घर भै दिपायलमा तरकारी खेती गर्दै आएका नेकपाका नेता प्रताप सिंह मगर र दमौली घर भै केआईसिंह गाउँपालिका वडा नं. ७ मा मजदुरी गर्दै आएका कृष्ण बहादुर आलेमगरलाई खाद्यान्न वितरण गरिएको हो ।
दुबै जनालाई प्रति व्यक्ति ५० किलो चामल, दुई किलो दाल, दुई लिटर तेल, नुन लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो । १०७ औं वीपी जयन्तीको अवसर पारेर व्यक्तिगत रुपमा असाहे, विपन्न व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको वडा अध्यक्ष विष्टले बताए । काँग्रेसबाट निर्वाचित वडाध्यक्ष विष्टले खानै नपाएर समस्यामा परेका व्यक्ति सम्पर्कमा आए व्यक्तिगत तर्फबाट अझै सहयोग गर्ने बताए । खाद्यान्न सामग्री वडाध्यक्ष विष्ट र उनकी धर्मपत्नी जानकी देवी विष्टले बुधबार दुबै जनालाई हस्तान्तरण गरेका हुन् ।
माओबादीले तत्कालिन समयमा गरेको युद्धमा सहभागी भै लामो समय श्रीमतीसँगै भुमिगत जीवन विताएका नेता प्रताप सिंह मगर शान्ति सम्झौतापछि दिपायल स्थित पिपल्ला बजारमा जमिन भाडामा लिएर तरकारी खेति गर्दै आएका थिए । ७८ बर्षीय उनि र उनकी श्रीमती लकडाउन पछि राजपुरमा भाडामा बस्दै आएका छन् । शारिरिक अवस्थाले साथ नदिएपछि तरकारी खेति समेत गर्न नसक्ने अवस्था अहिले थला परेको उनि बताउँछन् । नागरिकतामा उमेर घटाएर राखेका कारण सामाजिक सुरक्षा भत्ता पनि नपाउने भएकाले दैनिकी चलाउँन निकै कठीन भएका समएमा वडाध्यक्षले गरेको सहयोगले ठुलो राहत मिलेको नेता मगरले बताए ।
कृष्ण बहादुर आलेमगरले लकडाउनका कारण मजदुरी गर्न नपाएको र स्वास्थ्य अवस्था पनि कमजोर हुँदै गरेकाले हातमुख जोर्न निकै समस्या परेको बताए । लकडाउनको समय देखि काम नै गर्न नपाएको समयमा यसअघि वडाले खाद्यान्न उपलब्ध गराए पनि बीचमा रासन खरिद गर्न नसकेर गाउँका मान्छेसँग मागेर खाने गरेको अवस्थामा वडाध्यक्षले पुनः व्यक्तिगत रुपमा खाद्यान्न उपलब्ध गाएको बताउँदै सहयोगका लागि अपिल गरेका छन् ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...