२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

गर्भको बच्चामा पनि देखियो कोरोना संक्रमण

कोरोना भाइरसको संक्रमण सम्बन्धि नयाँ तथ्य फेला परेको छ। कोरोना भाइरसको संक्रमण आमाको पेटभित्र हुर्किरहेको बच्चामा समेत हुने एक अध्ययनले पुष्टि गरेको छ।

इटालीका सोधकर्ताहरुले कोरोना भाइरस संक्रमित आमाले गर्भमा रहेको बच्चामा समेत संक्रमण सार्न सक्ने तथ्य फेला पारेका हुन् ।अनुसन्धानकर्ताहरुले मार्च र अप्रिलमा बच्चा पाएका ३१ महिलाहरुमा गर्भमा रहेको शिशुलाई संक्रमण हुनेबारे अध्ययन गरेका थिए।

अध्ययनमा बच्चाहरुको सालनाल, र दुधमा संक्रमण रहेको फेला परेको उनीहरुले जानकारी दिएका छन्। अनुसन्धानकर्ताहरुले गर्भभित्रको बच्चामा संक्रमण देखिएपनि सामान्य भएको बताउदै आमाहरुलाई यसबारे चिन्ता नलिन आग्रह गरेका छन्।

अध्ययन तथा शोधका प्रमुख मिलान विश्वविद्यालयका इम्युनोलोजीका विशेषज्ञ डाक्टर क्लाउडियो फेनिजियाले बच्चा पाइसकेका भन्दा पनि पाउनुभन्दा अघि संक्रमित भएका महिलाहरुका बारेमा थप अध्धयन अनुसन्धान आवश्यक रहेको बताएका छन्।

गर्भ भित्रको बच्चामा कोरोना भाइरसको संक्रमण रहने तथ्य फेला परेपनि गर्भ रहनुभन्दा पहिले संक्रमण पुष्टि भएका महिलाहरुबारे थप अध्ययन अनुसन्धान जरुरी रहेको फेनिजियाको तर्क रहेको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ भाद्र २३

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP