२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

मन्त्रिपरिषद् तत्काल पुनर्गठन नहुने : खतिवडाले आजै राजीनामा दिने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रस्ट पारेका छन्।

बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले उनले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नभएको बताएका हुन्।
‘मैले कही पनि छलफल चलाएको छैन। पुनगर्ठनको कुरा भएको छैन,’ प्रधानमन्त्रीलाई उधृत गर्दै एक मन्त्रीले भने।

उनले मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको काम प्रभावकारी रुपले चलाउन निर्देशन दिए।

‘हल्लाको पछि नलागेर मन्त्रालयको कमान्ड सम्हालेर काम गर्नुस्,’ उनले भनेका थिए, ‘बाहिर गलत रुपमा प्रचार गर्ने काम मात्रै भएको छ।’

नेकपाभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमा मन्त्रिपरिषद् पुनगर्ठन गर्नसमेत सुझाव दिइएको छ। त्यसपछि मन्त्रिपरिषद् पुनगर्ठनको चर्चा सुरु भएको हो।

शुक्रबारको बैठकमा अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आफूले आजै साँझ राजीनामा दिने जानकारी गराएका छन्। बैठकमा ओलीले मन्त्रिपरिषद्को सदस्यमा अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ भाद्र १९

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP