२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

कोरोनाको आशंका गरिएका युवाले गरे आत्महत्या

भारतमा कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा अस्पताल भर्ना गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन्।

अष्ट्रेलियाको सिड्नीबाट नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ­ओर्लिएका पन्जाबका २५ वर्षीय तनवीर सिंहले अस्पतालको सातौं तलाबाट हाम्फाल्दा घटनास्थलमै उनको मृत्यु भएको दक्षिण-पूर्व दिल्लीका डीसीपी देवेन्द्र आर्यले जानकारी दिए।

हिन्दुस्तान टाइम्सका अनुसार विमानस्थलमा ­जाँचका क्रममा टाउको दुखेको र अस्वस्थ रहेको पाइएपछि तनवीरलाई बुधबार राती सफदरजंग अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उनको नमुना संकलन गरेर कोरोना भाइरसको संक्रमण भए/नभएको जाँच गराउन पठाइसकेपछि उनले हाम फालेका थिए। उनको रिपोर्ट भने आइसकेको छैन।

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७६ चैत्र ६

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP