२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

डोटीमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई सडकमा उभ्याएर कारबाही

डोटी- डोटीमा जारी निषेधाज्ञाको अवज्ञा गरी जथाभावी हिँडडुल गर्नेलाई कारबाही गरिएको छ । सुरक्षाकर्मीले विना कारण बजार तथा सडकमा डुलेको भन्दै सडकमा खाली खुट्टा उभ्याएर कारबाही गरेको हो ।

डोटीमा १४ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यस अबधिमा प्रशासनले अत्यावस्यक काम बाहेक बाहिर ननिस्किन र भिडभाड नगर्न आदेश गरेको छ ।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणका लागि भनि जारी गरिएको निषेधाज्ञाका समयमा अतिआवस्यक खाद्यान्नका पसल समेत विहान ४ घण्टा मात्र खुल्ने गरेका छन् ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ भाद्र १६

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP