२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

संक्रमितको पिडाः सरकार कोरोना पुष्टि गर्छ अनि हराउँछ

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा भाद्र ८ गते २२ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये १८ जना एउटै टोलका थिए । एउटै टोलमा धेरै संक्रमितको संख्या फेला परेपछि गाउँ नै त्रसित बन्यो । टोलमा नगर सरकारले ठुलो संख्यामा संक्रमित त फेला पा¥यो तर न त उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी ग¥यो नत संक्रमितहरुको पुनः परिक्षण नै, ग¥यो त केवल देखावटी गाउँ सिल ।
सरकारको यस्तो लापर्वाही पुर्ण कामले आम नागरिकहरु चिन्तित बनेका त छन नै कोरोना संक्रमितहरु झनै पिडामा छन । सरकारले हचुवाको भरमा कोराना परिक्षण गर्ने तर संक्रमण पुष्टि भएपनि नभए पनि बेवास्ता गर्ने गरेको संक्रमितहरुको गुनासो छ । नगर सरकारले कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भयो । घोडाघोडीका एक संक्रमितले भने, “तत्पश्चात सरकारले नत कन्ट्रयाक्ट ट्रेसिङ ग¥यो नत हामीलाई सम्पर्क नै गरेको छ ।”

संक्रमण पुष्टी भएको १६ दिन पुग्दा समेत नगर सरकारले कुनै चासो र चिन्ता नदेखाएको पिडितहरु बताउँछन । सरकारले कोरोना संक्रमित भन्दै समाजमा चिनाउने तर पछि हराउने गरेको उनीहरुको गुनासो छ । संक्रमितहरुको पुनः स्वाब परिक्षण, सम्पर्कमा आएकाहरुको पहिचान तथा स्वाब संकलन र संक्रमितहरुलाई परामर्श दिने बिषयमा सरकार बेखबर बनेकोे उनीहरु बताउँछन ।

‘सरकारले कोरोना संक्रमित भनेर चिनायो, समाजले हामीलाई बसि खान दिएको छैन ।’ अर्का संक्रमितले भने, “हामीले आईसोलेशन अवधि पुरा गरिसकेका छौ तर अव संक्रमण मुक्त भयौ वा अझै संक्रमण कायम छ भन्ने बारेमा हामी अनविज्ञ छौ । सरकारले पुनः स्वाब परिक्षण गर्नु पर्ने हो तर हालसम्म गरेको छैन ।”

सरकारले आफुहरुलाई बेवास्ता गरेको र आईसोलेशन अवधि पुरा गर्दा समेत समाजले बाटोमा हिड्न, कसै संग बोल्न, उपचारको पहुचमा जान तथा अत्यावश्यक समान खरिद गर्न अवरोध गरिरहेको संक्रमितहरुको भनाई छ । आफुहरुको स्वास्थ्य अवस्था बारे पुनः स्वाब परिक्षण गर्नुपर्ने उनीहरुको माग छ ।

यता घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावत भने स्वाव संकलन भएको १४ दिन पुरा भईसकेकाले संक्रमितको पुनः परिक्षण गर्न आवश्यक नहुने बताउँछन । नगरपालिकासंग भिटीएम (स्वास संकलन गर्ने भाडो) पनि नभएको र स्वास्थ्यका दृष्टिकोणबाट आवश्यक पनि नहुने उनको दाबी छ ।

‘उनीहरु संक्रमित भएपनि १४ दिनपछि सामान्य मानिस जस्तै भईसके ।’ उनले भने,–“अव संक्रमित छौ भन्ने मानिसकता त्यागनुपर्छ । सामान्य मानिस जस्तै चहल पहल तथा कामकाज गर्न सकिन्छ ।” खबर कुञ्जबाट

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ भाद्र १६

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP