काठमाडौं– सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ।
हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन्।
यसअघि सरकारले भदौ १६ देखि सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो।
कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...