२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु : १४८ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा

काठमाडौं– कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार सोमबार कोरोनाको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो।

योसँगै कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ।

सोमबार मृत्यु हुनेमा ज्यान गुमाउने तीन जना महिला छन्। जसमध्ये महोत्तरीका चार वर्षीया बालिका समेत छिन्। अन्य दुई जना महिला गोरखा र रूपन्देहीका छन्।

त्यसैगरी झापा, रौटहट, चितवन र भक्तपुरमा एक-एक जना पुरूषले ज्यान गुमाएका छन्।

१४८ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा

नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

जसका कारण हाल १३२ जना संक्रमितहरु देशका विभिन्न अस्पतालमा रहेका आईसीयूमा उपचाररत छन् । कोरोना संक्रमणबाट सिकिस्त १६ जनाकाे भेन्टिरलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ जना, प्रदेश २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ जना गरी १३२ जना संक्रमित आईसीयूमा छन्।

यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा २ जना गरी १६ जना संक्रमितको अवस्था नाजुक भएका कारण भेन्टिलेटरमा उपचार भइरहेको छ।

नेपालमा शुरु शुरुमा देखिएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा कुनै लक्षण नै देखिएको थिएन। तर हाल धेरै बिरामीमा लक्षण देखिन थालेको र आईसीयूको उपचार आवश्यक पर्ने देखिएको छ।

Related News

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
  • २०७७ भाद्र १५

दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...

TOP