काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८८४ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २४२ महिला र ६४२ पुरुष छन्।
यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ५१६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।
हालसम्म २० हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्, यो ५५ प्रतिशत हो। पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्।
हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ छ। जसमध्ये ६ हजार ४४५ जना होम आइसोलेसन र १० हजार १४५ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
हाल विभिन्न क्वारेन्टिनमा ८ हजार ३५ जना रहेको मन्त्रालयले जनाएको छ।
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...