
धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार सात सय नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा संक्रमितको संख्या पाँच हजार ६ सय ९४ पुगेको हो।
अहिलेसम्म ५७ हजार बढिको कोरोना परीक्षण भएकोमा पाँच हजार ६ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो। सबैभन्दा बढि कैलालीका एक हजार पाँच सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। डोटीमा नौँ सय ४९, अछाममा ८ सय ७१, कञ्चनपुरमा ६ सय ५१ र बाजुरामा ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ।
बैतडीका तीन सय ३१, डडेल्धुराका तीन सय २९, बझाङका तीन सय १२ र दार्चुलाका ५० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार सात सय ९१ जनाले कोरोना जितेको दावी प्रदेश स्वास्थ्य निर्देशनालयको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन्।
अछामका सात सय १३, डोटीका सात सय ५८, कञ्चनपुरका ६ सय पाँच र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ८० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। संक्रमण पुष्टि भएका र लक्षण देखिएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।
टीकापुर अस्पतालमा ३४, महाकाली अस्पतालमा २४, सेती प्रादेशिक अस्पतालमा २४, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुईरदुई जना संक्रमितको उपचार भईरहेको छ। अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...