२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

सुदूरपश्चिममा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा आज कैलालीका ३० सहित एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पतालमा ३४, डडेल्धुरा अस्पतालमा ५० र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ४५ जना गरि एक सय २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यी तीन वटै प्रयोगशालामा आज पुष्टि भएकामा डोटीका ४५ , अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जना रहेका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । सेती अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार अछामको चौरपाटी गाउँपालिकका १२, साँफेवगरका ५ र मंगलसैनका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १ का चार, वडा नम्वर ५ का दुई, वडा नम्वर २ का एक, लम्कीचुहाका ५, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ । डोटीको आदर्श गाउँपालिकका एक जनामा पनि कोरोना देखिएको छ ।

मंगलबार डोटी अस्पतालमा ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको डोटी अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्ती अनुसार जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलवार नै डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरीया र जानकी गाउँपालिकाका ४÷४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका दुई जनामा संक्रमण पुष्टि भएको भूषालले जानकारी दिए । उनका अनुसार डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ भाद्र ९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP