२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण : संक्रमितको कुल संख्या ३२,६७८ पुग्यो

सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।

विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ।

त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन्। 

यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ। विगत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ भाद्र ८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP