नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ।
मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीका ४ जना, मोरङका १ जना, सुनसरीका १ जना र पर्साका १ जना छन्।
केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।
सुदूरपश्चिम प्रदेशमा दुई दिन पानी पर्ने र हिमपातको सम्भावना रहेको...