२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

दिपायलमा एक पुरुष मृत फेला : पिसीआर परीक्षण हुने

डोटी- दिपायलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । दिपायलमा मजदुरी काम गर्दै आएका बाेगटान फुड्सिल गाउँपालिका वडा न. १ सिमचाैरका ४० बर्षिय सुर्यबहादुर बिष्ट मृत फेला परेका हुन् ।

दिपायल सिलगढी नगरपालिका- ४ जाेगीडाब्रे नजिक पथ्थरखानीमा मृत अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले शिखर समाचारलाई जानकारी दिए ।

मृतकको खल्तीमा मदिराको बोतल फेला परेको शाहीले बताए । बिष्टकाे शब पाेष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाउने तयारी भईरहेकाे छ ।

मृतकाे पिसीआर समेत परीक्षण गरिने प्रहरीले जनाएको छ ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ भाद्र ७

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP