डोटी- दिपायलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । दिपायलमा मजदुरी काम गर्दै आएका बाेगटान फुड्सिल गाउँपालिका वडा न. १ सिमचाैरका ४० बर्षिय सुर्यबहादुर बिष्ट मृत फेला परेका हुन् ।
दिपायल सिलगढी नगरपालिका- ४ जाेगीडाब्रे नजिक पथ्थरखानीमा मृत अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले शिखर समाचारलाई जानकारी दिए ।
मृतकको खल्तीमा मदिराको बोतल फेला परेको शाहीले बताए । बिष्टकाे शब पाेष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाउने तयारी भईरहेकाे छ ।
मृतकाे पिसीआर समेत परीक्षण गरिने प्रहरीले जनाएको छ ।
दिपायल –शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले किसान र कृषकलाई...