२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

कोरोना महामारी नियन्त्रण हुन दुई वर्ष लाग्नसक्छः डब्लुएचओ

विश्व स्वास्थ्य संगठनले दुई वर्षभित्रमा विश्वबाट कोरोना भाइरस महामारी नियन्त्रण हुनसक्ने बताएको छ ।

संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताएका हुन्।

‘विश्व भूमण्डलीकरण र सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्कका कारण भाइरस तीव्र रुपमा फैलियो। आधुनिक प्रविधि, उपचारका कारण पनि स्पेनिश फ्लूभन्दा छिटो कोरोना संकट टर्न सक्छ’, उनले भने।

स्पेनिस फ्लू सन् १९१८ को फरवरीबाट सन् १९२० को अप्रिलसम्म विश्वभर फैलिएको थियो। यस महामारीबाट विश्वभर करिब दुई करोड मानिसको मृत्यु भएको थियो।

अहिले कोरोना संक्रमणबाट करिब आठ लाख मानिसको मृत्यु भइसकेको छ भने २२ मिलियनभन्दा बढी संक्रमित छन्।

टेड्रोसलाई महामारीको बेला व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) मा भएको भ्रष्टाचारसम्बन्धी सोधिएको एक प्रश्नमा जवाफ दिँदै उनले यसलाई ‘आपराधिक’ भनेका छन्, ‘पिपिईमा गरिएको भ्रष्टाचार वास्तवमै मेरा लागि हत्या बराबर हो। कुनै पनि भ्रष्टाचार स्वीकार्य छैन।’

महामारी चलिरहेको समयमा केन्याको राजधानी नैरोबीमा भ्रष्टाचारको विरोधमा शुक्रबार प्रर्दशन भएको थियो।

त्यहाँका धेरै सरकारी अस्पतालका चिकित्सकहरुले ज्याला नपाएको र सुरक्षा उपकरणको अभाव भएको भन्दै हड्ताल गरेका थिए।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ भाद्र ६

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP