पर्साको वीरगञ्ज महानगर-१० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । नारायणीमा उपचारका क्रममा कोरोना पुष्टि भएपछि उनलाई ३२ सउानमा वीरगञ्ज हेल्डकेयर कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।
सप्तरीका ७७ वर्षीय पुरुषको बलम्बुस्थित एपीएफ अस्पतालमा मृत्यु भएको छ । ३० साउनमा काठमाडौं आएका उनमा संक्रमण भएको ३२ गते पुष्टि भएको थियो । त्यसपछि ग्रिनसिटीमा भर्ना भएका उनलाई बिहीबार बलम्बु लगिएको थियो ।
बुधबार मृत्यु भएका धनुषाको नगराइन-३ फुलगामाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना भएका उनलाई थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
वीरगञ्ज-२६ सुगौलीका ५८ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि तराई अस्पतालबाट वीरगञ्ज हेल्थकेयर कोरोना अस्पताल रिफर भएका थिए ।
थप ८३८ कोरोना संक्रमणमा पुष्टि
पछिल्लो २४ घण्टामा ८३८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भए ।