२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

के हो लकडाउन ? के हो निषेधाज्ञा र कर्फ्यू ?

काठमाडौं- कोरोना भाइरसको महामारी देखिएसँगै नेपालमा मात्र होइन विश्वभर लकडाउन, निषेधाज्ञा र कर्फ्यू जस्ता शब्दहरु बढी प्रयोगमा आएका छन्।

यसअघि गत चैत ११ गतेदेखि १२१ दिन देशभर लागू भएको ‘लकडाउन’ संक्रामक रोग ऐन २०२० अनुसार गरिएको थियो। तर सोमबार मन्त्रिपरिषद्ले कोरोना भाइरसको संक्रमण फैलन नदिन आवश्यक आदेश दिने अधिकार जिल्ला प्रशासन कार्यालयलाई प्रत्यायोजन गर्‍यो। जिल्ला प्रशासन कार्यालयहरुले उक्त निर्णय तथा स्थानीय प्रशासन ऐन २०२८ लाई समेत उल्लेख गरेर  निषेधाज्ञा जारि गरेका छन्।

अघिल्लोपटक ‘लकडाउन’ गर्दा संक्रामक रोग ऐनअन्तर्गत मात्र गरेपनि अहिले  स्थानी+य प्रशासन ऐनलाई समेत उल्लेख गरेर निषेधाज्ञा जारी भइरहेको छ।

काठमाडौं उपत्यकामा बुधबार मध्यरातबाट एक साताका लागि निषेधाज्ञा जारी भएको अवस्थामा यो विगतको लकडाउनभन्दा के फरक छ भन्दै सामाजिक सन्जालमा जिज्ञासा व्यक्त भएको देखिन्छ। कानुनमा लकडाउन र निषेधाज्ञा भन्ने शब्द छैनन् तर कर्फ्यु भन्ने शब्द उल्लेख छ।

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा कानुनमा लकडाउन भन्‍ने शब्द उल्लेख नभएकै कारण यस विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बताउँछन्। निषेधाज्ञाको हकमा शब्द ठ्याक्कै उहि नभएपनि यसको मनासय झल्कने परिभाषा कानुनमा रहेको उनको भनाई छ।

प्रवक्ता बुढा लकडाउन भन्नाले मानिसहरुलाई घरबाहिर निस्कन नदिने र सिमाभन्दा बाहिरबाट पनि प्रवेश गर्न नदिने ब्याख्या गर्छन्। विषेश परिस्थितीमा कुनै खास-खास कामहरु गर्न नपाइने गरि लगाइने प्रतिबन्ध निषेधाज्ञा हो।

पुरा पढ्नुस् : https://deshsanchar.com/2020/08/19/400359/

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ भाद्र ४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP