२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

पछिल्लो २४ घण्टामा डोटीका ४६ जना सहित सुदूरपश्चिमका ४७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार संक्रमित सबै डोटी जिल्लाका हुन्।

जिल्लाको शिखर नगरपालिका वडा नम्वर १० का १६ जना, वडा नम्वर ९ का १४, वडा नम्वर ७ का १३ र वडा नम्वर १ का २ तथा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का १ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा भएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्वर ७ का ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए । मंगलवार ४७ जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ७३ पुगेको छ।

अहिले सम्म सबैभन्दा बढि कैलालीमा १ हजार ३ सय १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा ८ सय ८१, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुराका ३ सय १४, बैतडीका ३ सय १, बझाङका २ सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ४ हजार २ सय बढि डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ भाद्र २

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP