२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

झण्डा जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी

काठमाडौं– नेपालको राष्ट्रिय झण्डा र ढाका टोपी जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ। हेमराज थापा र उत्तम कार्कीले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन्।

महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले आज (मंगलबार) निवेदन दर्ता भएको जानकारी दिए। निवेदन आवश्यक कारवाहीका लागि साइबर व्यूरोमा पठाउने वा जिल्ला प्रहरी कार्यालय चितवन पठाउने त्यसबारे टुंगो लागि नसकेको उनले बताए।

गीतमा भिडियोको दृश्य मकवानपुरको छ। ‘मंगोल होप अफिसियल’ नामक युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडिओमा नेपालको झण्डा र ढाका टोपी जलाएको दृश्य राखिएको छ।

साथै भिडिओमा बाहुन क्षेत्रीलाई शरणार्थी भनिएको छ। ‘देशद्रोही’ नाम दिएर युट्युवमा अपलोड गरिएको यस गीतले जातीय द्वन्द्व निम्त्याउने भन्दै व्यापक आलोचना भइहेको छ।

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०७७ भाद्र २

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP