२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

व्यवसायमा संलग्न व्यक्तिहरुले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सपिङ मल, रेस्टुरेन्ट, तथा उद्योग–व्यवसायमा संलग्न व्यक्तिहरुलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न अनुरोध गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै घना बस्ती भएका जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै गएकाले भीडभाड हुने तथा धेरै मानिसको सम्पर्कमा आउने त्यस्ता ठाउँका कर्मचारी तथा व्यवसायीलाई कोरोना परीक्षण गराउन भनेको हो।

साथै मन्त्रालयले फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गराएर मात्रै काममा लगाउन अनुरोध गरेको छ।

स्वास्थ्यकर्मीबाट हुनसक्ने संक्रमणबाट जोगाउनको लागि काममा लगाउनु अगाडि पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ श्रावण २८

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP