२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

व्यवसायमा संलग्न व्यक्तिहरुले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सपिङ मल, रेस्टुरेन्ट, तथा उद्योग–व्यवसायमा संलग्न व्यक्तिहरुलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न अनुरोध गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै घना बस्ती भएका जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै गएकाले भीडभाड हुने तथा धेरै मानिसको सम्पर्कमा आउने त्यस्ता ठाउँका कर्मचारी तथा व्यवसायीलाई कोरोना परीक्षण गराउन भनेको हो।

साथै मन्त्रालयले फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गराएर मात्रै काममा लगाउन अनुरोध गरेको छ।

स्वास्थ्यकर्मीबाट हुनसक्ने संक्रमणबाट जोगाउनको लागि काममा लगाउनु अगाडि पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ ।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०७७ श्रावण २८

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP