२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

तनहुँ । जबर्जस्ती करणी गर्ने लाई जन्मकैद हुने भएकाे छ ।  जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हाे । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका वडानम्बर ९ का शंकर परियारलाई जन्मकैदको फैसला सुनाएको हो ।

जन्मकैदको फैसलासँगै पीडितलाई क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ पीडकबाट दिलाउने फैसला भएको पनि अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले जानकारी दिनुभयो । पूर्ण अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा २०७६ मंसिर २ गते परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

त्यस्तै न्यायाधीश पौडेलको इजलासले जबर्जस्ती करणी मुद्दामै थुनामा रहेका घिरिङ गाउँपालिका वडानम्बर ५ का प्रेमबहादुर रानालाई कसुर ठहर गरी सजाय निर्धारणको लागि पेश गर्न आदेशसमेत दिएको छ । अदालतका अनुसार सजाय निर्धारणको लागि यही साउन २९ गते पेशी तोकिएको छ । घिरिङ –५ कै एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा रानालाई प्रहरीले पक्राउ गरेको थियो ।

Related News

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
  • २०७७ श्रावण २२

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन काठमाडौं —...

TOP