२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

प्रेस युनियन डोटीद्वारा पत्रकारहरुलाई स्वास्थ्य सामग्री र प्रेस जकेट वितरण

चक्र बलायर


डोटी- नेपाल प्रेस युनियन डोटी शाखाले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रेस जकेट, मास्क र सेनेटाइजर वितरण गरेको छ । युनियनले दिपायलमा एक कार्यक्रमको आयोजनागरी तीन दर्जन सञ्चारकर्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेका बेला समाचार संकलनका लागि जादा र कार्यालय जादा सहज होस भनेर जमेट, मास्क र सेनेटाइजर वितरण गरिएको प्रेस युनियनका अध्यक्ष प्रकाश बलमे बताए ।

सामग्री वितरण संगै महामारीको बेला आफु सजक र सुरक्षीत भएर कसरी समाचार संकलन गर्ने, कसरी सूचना लिने भन्ने बिषयमा पनि छलफल गरिएको युनियना सचिव पवन महराले बताए । यस अघि पनि युनियनले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई जकेट र स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको महराले जानकारी दिए ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बमले संकटको अवस्थामा सबै भन्दा बढी प्रभावमा पत्रकारहरु पर्ने भएकाले पत्रकारहरुलाई सजक र सचेत भएर रिपोर्टिङ्ग गर्न सुझाव दिए ।

पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले पत्रकारहरु फण्टलाइनमा रहेर जनतालाई सुसुचित गर्न आफ्नो पेशामा कटिबद्ध भएर लागि रहेको बताए । उनले यस्तो परिस्थितिमा प्रेस युनियनले वितरण गरेको जकेट र स्वास्थ्य सामग्रीले पत्रकारहरुलाई ठुलो सहयोग पुगेको बताए ।

प्रेस युनियनलाई नेपाली काँग्रेसकी नेतृ प्रशिस महरा र काँग्रेस नेता पदमराज जोशिले जकेट उपलब्ध गराएका थिए । स्वास्थ्य सामग्री चोपडा अस्पताल दिपायल र सेती फार्मेसीले उपलब्ध गराएको थियो ।

सामग्री वितरण कार्यक्रममा नेपाल प्रेस युनियनका कैलाली शाखा अध्यक्ष श्रमण देउवा, डोटी शाखाका पार्षद, साधारण सदस्य लगायतको सहभागीता रहेको थियो ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ श्रावण १९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP