–आरपी आचार्य/ईमेज
सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
कोशीमा आएको बाढीले क्षति नपुर्याओस भन्दै सप्तकोसी आसपासका क्षेत्रमा उद्धार सामाग्रीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
पहाडी जिल्लाहरुमा परेको लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा प्रतिसेकेण्ड पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।
पानीको बहाव वर्षकै उच्च भएपछि कोशी प्रभावित क्षेत्र सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, हरिपुर, बराहक्षेत्रलगायत दर्जनौ बस्तीका बासिन्दा त्रसित भएका छन् ।
पुरा समाचार पढ्नुस् सप्तकोशीमा पानीको बहाव उच्च: भारतको अनुकूलमा व्यारेजका ढोका खोल्दा नेपाली बस्ती जोखिममा
काठमाडौं– सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको...