२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

भारतको अनुकूलमा व्यारेजका ढोका खोल्दा नेपाली बस्ती जोखिममा

आरपी आचार्य/ईमेज

सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

कोशीमा आएको बाढीले क्षति नपुर्‍याओस भन्दै सप्तकोसी आसपासका क्षेत्रमा उद्धार सामाग्रीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

पहाडी जिल्लाहरुमा परेको लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा प्रतिसेकेण्ड पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

पानीको बहाव वर्षकै उच्च भएपछि कोशी प्रभावित क्षेत्र सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, हरिपुर, बराहक्षेत्रलगायत दर्जनौ बस्तीका बासिन्दा त्रसित भएका छन् ।

पुरा समाचार पढ्नुस् सप्तकोशीमा पानीको बहाव उच्च: भारतको अनुकूलमा व्यारेजका ढोका खोल्दा नेपाली बस्ती जोखिममा

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ असार २८

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP