२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

मिर्गौला प्रकरण : चिकित्सक, प्रहरी र वडाध्यक्ष सहित १२ जना पक्राउ

काठमाडौं- नक्कली नाता कायम गरी मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेकाहरुको संख्या १२ पुगेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा नक्कली नाता कायम गर्ने जनप्रतिनिधिदेखि उक्त कार्यमा सघाउने तथा प्रत्यारोपणमा संलग्न चिकित्सक पनि छन्।

चितवनको कलेज अफ मेडिकल साइन्सेसले २०७६ जेठ २७ गते प्रत्यारोपण गरेको मिर्गौला १३ लाखमा खरिद बिक्रि भएको खुलेको हो।

ब्युरोको टोलीले शनिबार चितवनबाट तीनजना डाक्टरलाई पक्राउ गरेकोमा आइतबार ललितपुरबाट थप ९ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी छन्।

श्रेष्ठ मेडिकल कलेजको प्रमुख सञ्चालक हुन्। उनी मेडिकल काउन्सिलको सदस्यसमेत हुन्।

पक्राउ पर्ने अन्यमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, उक्त मेडिकल कलेजका कानूनी सल्लाहकार रमेश काफ्ले, ललितपुर महानगरपालिका–३ का वडा अध्यक्ष गोपाल महर्जन छन्।

यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरका तात्कालीन खरिदार (हाल अवकाश प्राप्त) नवराज केसी, जिल्ला प्रशासन कार्यालयका सहयोगी सरोजकुमार के.सी छन्।

यस्तै प्रहरी सहायक निरीक्षक भिमप्रसाद खनाल, निलम्बित प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया, भक्तपुर जगाती बस्ने रेश्मा राई र जमुना राजभण्डारी पक्राउ परेका छन्।

व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देवबहादुर बोहोराले मिलेमतोमा विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी नक्कली कागजात खडा गरी गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरिएको बताए।

बोहोराका अनुसार मिर्गौला दिने व्यक्ति खोटाङका हुन् भने लिने व्यक्ति ललितपुरका हुन्। वडा अध्यक्ष महर्जनले नाता नै नभएको व्यक्तिलाई भाञ्जा भनी प्रमाणित गरेको व्यूराले जनाएको छ।

व्यूरो स्रोतका अनुसार नक्कली भान्जाबाट १३ लाखमा मिर्गौला किनिएको थियो। खरिददेखि प्रत्यारोपणसम्म सम्पूर्ण प्रक्रियामा ३२ लाख खर्च भएको थियो।

व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले मिर्गौला खरिद बिक्रि भएको खुले पनि एकिन रकम भने खुलिनसकेको बताए। उनले पक्राउ परेकाहरुबारे थप अनुसन्धान भैरहेको जानकारी दिए।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ असार २८

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP