२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

बाढी-पहिरोबाट १८ जनाको मृत्यु : ४१ बेपत्ता

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी आज देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। यस्तै, ४१ जना बेपत्ता रहेका छन्।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी अवस्थीका अनुसार कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा  ३–३ जना र रुकुममा २ जनाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार म्याग्दीमा ३१, जाजरकोटमा ९ र रुकुममा एक जना गरी ४१ जना बेपत्ता छन्। यसअघि बुधबार राति सिन्धुपाल्चोक पहिरोमा परी २ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता रहेको पनि उनले बताए।

गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो। त्यसको भोलिपल्ट जेठ ३१ गते पर्वतको कुस्मामा गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो।

यस्तै, गत हप्ता असार २० गते बझाङको केदारस्यु गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए। यससँगै नेपालमा यसवर्षको मनसुन सुरु भएयता मृत्यु हुनेको संख्या ३५ पुगेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। यस अवधिमा ५९ जना बेपत्ता रहेका छन्।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ असार २६

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP