२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

दलित मैत्री कार्यक्रम ल्याउन माग गर्दै स्थानीय सरकारलाई दलित संघको ज्ञापन

डोटी- नेपाल दलित संघ डोटीले दलित मैत्री कार्यक्रम ल्याउन माग गर्दै स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघले जिल्लाका नौ वटै स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
स्थानीय सरकारले २०७७।०७८ का लागि ल्याएको नीति तथा कार्यक्रम दलित मैत्री नभएकाले नेपालको संविधानले दिएको अधिकार अनुसारको व्यवस्था गर्न माग गर्दै १६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाइएको दलित संघ डोटीका सचिव सागर सिंह सेवाले जानकारी दिए ।

स्थानीय सरकारले पुजिगत तर्फको बजेटमा १५ प्रतिशत रकम दलित समुदायका लागि विनियोजन गर्नु पर्ने र स्थानीय सरकारको बजेट दलित लक्षित हुनुपर्ने दलित संघका सभापति लाल बहादुर वि.क.ले बताए । उनले लक्षित वर्गका लागि गाविस हुँदा समेत बजेट आउने गरेकोमा अहिले स्थानीय सरकारले लक्षित वर्गको ख्यालनै नगरि बजेट विनियोजित गर्ने गरेकाले ध्यानाकार्षण गराउँदै ज्ञापन पत्र बुझाएको बताए । आफुहरुको माग सम्बोधन नगरिए अधिकारका लागि थप कार्यक्रमहरु अगाडी बढाइने सभापति वि.क.ले शिखर समाचारलाई जानकारी दिए ।

दलित समुदायको हकहित, अधिकार, उत्थान तथा सशक्त समाज निर्माणका लागि दलित संघले सधैभ लागि पर्ने संघकी उपाध्यक्ष स्मृती चुनाराले बताइन् । जातिय छुवाछुतको अन्त्य, समाजिक क्रियाकलापमा दलितको सहभागीता, सामाजिक रुपान्तरण र संविधानले तोकेको अधिकारको प्रयोग लगायतका एजेण्डाहरुमा आफुरु कटिबद्ध रहेको उपाध्यक्ष चुनाराले बताइन् ।
ज्ञापन पत्रमा दलित मैत्री निति तथा कार्यक्रम लागु गर्नुपर्ने, स्थानिय सरकारले लगाएका सम्पुर्ण करहरु दलित समुदायमा लगाउन नहुने कर खारेज गर्नुपर्ने, संविधानमा दलित सम्बन्धी भएको व्यवस्था व्यवहारिक रुपमा लागु गर्नुपर्ने, जग्गा नभएका दलितका लागि जग्गाको व्यवस्था गर्नुपने लगायतकाका मागहरु राखिएको छ ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ असार २६

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP