२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

डिप्रेसन र यसबाट कसरी बच्ने?

डिप्रेसन।

अर्थात मानसिक तनाव।

दिमागलाई नियन्त्रणमा राख्न नसक्दा मानिसले विभिन्न समस्या झेल्नुपर्छ।

भावना र इच्छाहरूमाथी नियन्त्रण गर्न नसक्दा मानसिक तनाव सिर्जना हुन्छ।

मानसिक तनाव बढ्दै गएपछि मानिस जुनसुकै हतकण्डा अपनाउन तयार हुन्छ।

आफ्नो इच्छा अनुसार काम नहुँदा र कुनै कुराको अभाव महसुस हुँदा तनाव महसुस हुन्छ।

तनावको मात्रा बढ्दै गएपछि यसले डिप्रेसन अर्थात गहिरो तनाव उत्पन्न भई दिमागमा विभिन्न किसिमका नकारात्कम कुराहरू सल्बलाउन थाल्छन्।

यस्तै तनावकाबीच मानिस आत्महत्या जस्तो गम्भीर कदम उठाउन बाध्य हुन्छ।

यसको एकमात्रै कारण हो आफूलाई सम्हाल्न नसक्नु र सकरात्मकभन्दा नकरात्मक कुराले दिमागमा घर बनाउनु।

पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। जसको प्रमुख एक कारण हो डिप्रेसन अर्थात मानसिक तनाव।

अहिले कोरोना भाइरसको महामारीले नियमित जीवनशैलीमा निकै बदलाव ल्याएको छ। त्यहि बदलावलाई समायोजन र समय परिथितिसँग चल्न नसक्दा कयौले मानसिक तनाव झेलिरहेका छन् परिणाम स्वरुप अनित्म विकल्पत आत्महत्या रोजेका छन्।

मानसिक रुपमा अस्वस्थ हुनु अर्थात डिप्रेसनमा जानु भनेको मान्छे विभिन्न समस्यासँग जुधिरहनु हो।

आखाामा छायाँ पार्नु, मुटुको धड्कन बढ्नु, स्वास्प्रस्वासको गति तिव्र हुनु, दिमागमा नकरात्मक कुरा मात्रै आउनु डिप्रेसनका लक्षण हुन्।

तनाव कसरि कम गर्ने?

तनावलाई आफूमाथि हावी हुन दिनु नै पेनिक अट्याकलाई निम्तो दिनु हो। यसबाट बच्नका लागि मानिसहरूसँग भेटघाट गर्ने, सामाजिक कार्यक्रममा सहभागि हुने, नयाँ-नयाँ ठाउँ घुम्ने, र आराम गर्ने समय निकाल्नु पर्छ।

डाक्टरसँग सरसल्लाह परामर्श लिने।

तनाव महसुस भएमा आरामसँग एक ठाउँमा बसेर गहिरो स्वास लिने।

चिसो पानी पिउने ।

धुम्रपान तथा मद्यपान सेवन नगर्ने।

निन्द्रा तथा अन्य औषधीको प्रयोग नगर्ने।

साथीभाइहरूसँग प्रसस्त समय बिताउने।

मनका कुरा साथीहरूमाझ राख्ने।

एकान्तमा अर्थात एक्लै नबस्ने।

सकरात्मक कुराहरू हेर्ने सुन्ने बानिको विकास गर्ने।

नियमित समयतालिका अनुसार सुत्ने तथा आराम गर्ने।

आठ घण्टाभन्दा कम सुत्ने मानिसहरूमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको पाइएको छ। जस कारण प्रसस्त मात्रामा सुत्नुपर्छ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार २५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP